अर्जुनधारा । नेपाल विद्यार्थी सघं अर्जुनधारा नगर कमिटीले नगरमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई हाते कृतज्ञता पत्र दिएर सम्मान गरेको छ । सोमबार बिद्यार्थी संघले नगरका ११ वटै वडामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई कृतज्ञता पत्रका साथ सम्मान गरेको हो ।

नगरका सम्पूर्ण नगरबासीको स्वास्थ, सुरक्षामा पुरयाएको योगदानको उच्च मुल्यांकन गर्दै विद्यार्थी संघले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई कृतज्ञता पत्र र कार्यस्थलमै पुगेर सम्मान गरिएको नगर सभापति दिपेन धिमाल बताउँछन् ।

बिश्व महामारीको जोखिमको अवस्थामा देशैभरि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको साहस, परिश्रम र निस्वार्थ सेवाले सम्पूर्ण युवामा सामाजिक सेवाको भावना जागृत गराएको र मानवीय सेवामा अभिप्रेरित भएको नगर सभापति धिमालले बताए ।