झापा । कोरोना भाइरस संक्रमणसँगै मृत्युदर बढ्दै गएको झापा जिल्लामा आजमात्र ४ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार कोरोना संक्रमणका कारण निधन हुनेमा ३ जना पुरुष र एक जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार कचनकवल गाउँपालिका ६ मा होम आइशोलेसनमा बसेकी एक महिलाको आज निधन भएको छ । कचनकवलमा पहिलोपल्ट ६८ वर्षीय महिलाको निधन भएको हो ।

यसैगरी, हल्दिबारी ४ का ७० वर्षीय पुरुषको नोवेल हस्पिटल विराटनगरमा आज मृत्यु भएको छ । यस्तै, गौरादह ५ का २६ वर्षीय पुरुषको पनि नोवेल हस्पिटलमै निधन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी, मेचीनगर २ का ८६ वर्षीय बृद्धको नोवेल हस्पिटलमा आज निधन भएको छ । यसैबीच, आजै जिल्लाका विभिन्न पालिकाका ७५ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ ।