विराटनगर । प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ ।

यसैगरी, प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा ६-६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २-२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १-१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २-२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, तेह्रथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २-२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७५० पुगेको छ ।

प्रदेश १ मा आज ४२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।