काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७६ हजार ३६४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३७९ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।