झापा । झापाको अर्जुनधारामा आज फेरि एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ७ निवासी ७० वर्षिय रामबहादुर श्रेष्ठ रहेका छन् । बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे उनको मृत्यु भएको हो । दुई दिनअघि भर्ना गरिएका ती बृद्धलाई हिजो संक्रमण पुष्टि भएको थियो ।

उनको शवलाई नेपाली सेनाद्वारा अन्त्येष्टि गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । हिजो मात्र धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या अर्जुनधारामा ६ र झापामा ८४ पुगेको छ ।