झापा । पछिल्लो २४ घण्टाभित्र झापाका १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा ५ जना महिला र ९ जना पुरुष रहेका छन् ।
संक्रमितहरु मेचीनगर, गौरादह र दमक नगरपालिकाका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका सबैभन्दा बढी ८ जना संक्रमित छन् । २ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, गौरादह नगरपालिकामा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी, मेचीनगरमा १ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ८५१ रहेको छ । हाल १ हजार १३० जना सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै, आज अर्जुनधारा ७ का ७७ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै अर्जुनधारामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने झापा जिल्लामा ८४ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।