विराटनगर । प्रहरीले गाँजा र ब्राउन सुगरसहित उर्लाबारीबाट नौंजनालाई पक्राउ गरेको छ । मंगलबार राति १० बजे उर्लाबारी नगरपालिका–७ बस्ने छोमाई तामाङको घरबाट ब्राउन सुगर र गाँजा बिक्री गर्न पुगेका र सेवन गरिरहेका ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक युवती पनि छिन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-७ स्कुल डाँडाकी २१ वर्षीय ममता तामाङ, उर्लाबारी-७ बरगाछीका २४ वर्षीय मिनल याक्सो, उर्लाबारी-९ भोटेपुलका २८ वर्षीय आकाश लिम्बू, १९ वर्षीय असिम लिम्बू पक्राउ परेका छन् ।

त्यस्तै झापा दमक नगरपालिका-७ बजारलाइन बस्ने १९ वर्षीय शीशा सेख, दमक-४ का ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका-८ का २२ वर्षीय रुमपमान केदेम, रतुवामाई १० का १९ वर्षीय एन्जील मगर, रतुवामाई-९ का २५ वर्षीय मन्जील बस्नेत छन् ।

पक्राउ पर्नेहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, १८४ ग्राम गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको को २६ प १८५६, प्र-१-०१-०१२ प ६३१३, को ३४ प २६७, बा ५३ प १४२४, मे २ प ५७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।