बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना महिला र २१ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा भद्रपुर नगरपालिकामा १ महिला र ८ पुरुष, बिर्तामोडमा २ महिला र ६ पुरुष, दमकमा ३ महिला र २ पुरुषमा भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, अर्जुनधारामा २ महिला, गौरादहमा १ महिला र १ पुरुष, कमलमा २ जना पुरुष, शिवसताक्षी र झापा गाउँपालिकामा १-१ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आजै बुद्धशान्ति ३ का ६८ वर्षीय पुरुष र अर्जुनधारा ९ का ७३ वर्षीय पुरुषको निधन भएको छ । योसँगै झापामा मृतकको संख्या ८८ पुगेको छ ।

झापामा ३१ हजार ९९९ जनाको स्वाब संकलन गर्दा अहिलेसम्म ३ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोनालाई जितेर १ हजार ९२० जना घर फर्किएका छन् । सक्रिय संक्रमित १०८६ जना विभिन्न आइशोलेसनमा उपचाररत रहेका छन् ।