बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिनअघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज (शनिबार) पोजेटिभ आएको हो ।

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ ।