विराटनगर । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २-२, धनकुटा, भोजपुर र खोटाङमा ११ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, बिर्तामोड र दमकमा २६-२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५-५, कचनकवल र मेचीनगरमा ४-४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरी र धरानमा ४९-४९, इनरुवा र बराहक्षेत्रमा ४-४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १-१, मोरंगको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३, सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २-२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सूर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १-१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १-१, तेह्रथुमको छथर र म्याङलुङमा १-१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १-१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८८० पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना डिस्चार्ज भएका छन् । होम आइशोलेसनबाट १५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्यूरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५९ महिला र २०३ पुरुषको रिपोर्ट पोजेटिभ आउको हो । हालसम्म १ लाख ८५ हजार ७६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।