काँकरभिट्टा । झापाको कांँकरभिट्टामा आज सीमा नाका खोल्न र काँकरभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाउन माग गर्दै मौन जुलुस प्रदर्शन गरिएको छ ।

होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टामा ¥यालीसहित मौन जुलुस प्रदर्शन गरिएको हो । ८ महिना लामो समयदेखि सीमा नाका बन्द हुंदा दैनिक जनजीवन कष्टकर भएको भन्दै प्रदर्शन गरिएको हो ।

रोगले भन्दा भोकले मान्छे मर्न थाले, सीमा नाका आवतजावतमा सहजीकरण गर लगायतका नारा लेखिएका प्ले कार्डसहित बजार परिक्रमा गरिएको थियो ।

प्रदर्शनपछि होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तबहादुर तामाङ लगायतले जतिसक्दो सीमा नाकामा सहजता प्रदान गर्न आवश्यक रहेको बताएका थिए ।