बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३० जना महिला र ४४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमक नगरपालिकाका १५ जना रहेका छन् । ३ महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोड नगरपालिकाका १४ जना रहेका छन् । ७ महिला र ७ पुरुषमा संक्रमण भएको हो ।

यसैगरी, अर्जुनधारा नगरपालिकाका ६ जना महिला र २ जना पुरुष, मेचीनगरका ३ जना महिला र ३ जना पुरुष, कनकाईका ३ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, शिवसताक्षी र भद्रपुर नगरपालिकामा ४-४ जनामा संक्रमण भएको छ । शिवसताक्षी र भद्रपुरका समान १-१ महिला र ३-३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, बुद्धशान्तिमा १ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी कमल र झापा गाउँपालिकाका २-२ जना पुरुष, गौरादहकी एक महिला र पालिका नखुलेका ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ६४० पुगेको छ । आजसम्म २ हजार ३९५ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाभित्र झापाका २ जनाको ज्यान गएको छ ।

बिर्तामोड ८ का ७९ वर्षीय पुरुष र शिवसताक्षी ९ का ७२ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको हो । अहिले सक्रिय संक्रमित १ हजार १४० जनाको विभिन्न आइशोलेसनमा उपचार भइरहेको छ ।