बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ३१ जना महिला र ५५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका २६ जना रहेका छन् । जसमा ९ जना महिला र १७ जना पुरुष रहेका छन् । यस्तै, कनकाई नगरपालिकाका १३ जनामा संक्रमण भएको छ । १० महिला र ३ पुरुषमा संक्रमण भएको हो ।

यसैगरी, भद्रपुर नगरपालिकाका २ महिला र ८ पुरुष गरी १० जना, बिर्तामोड र मेचीनगरका ९-९ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोड र मेचीनगरका २-२ महिला र ७-७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुद्धशान्तिकी ३ महिला, अर्जुनधारा, बाह्रदशी, झापा र शिवसताक्षीका १-१ महिला र १-१ जना पुरुष, हल्दिबारीका १ पुरुष, गौरीगञ्जकी १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अन्य जिल्लाका ४ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ७२६ पुगेको छ ।

झापामा हालसम्म सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार १९१ जना रहेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ४३० पुगेको छ । झापामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०५ रहेको छ ।