बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये २५ जना महिला र २२ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी आज दमकका २३ जनामा संक्रमण भएको छ । जसमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् ।

यस्तै, बिर्तामोडका ५ महिला र २ पुरुष, भद्रपुरका २ महिला र ३ पुरुष, अर्जुनधाराका २ महिला र १ पुरुष, मेचीनगरका २ महिला, कनकाईका २ पुरुष, शिवसताक्षी र कचनकवलका १-१ जना महिला र झापा र बाह्रदशी गाउँपालिकाका १-१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ भने इलामका एक व्यक्तिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।