ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा शनिबार आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । वडा नम्बर ८ र १० मा आगलागीबाट दुई घर जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फुङलिङ नगरपालिका ८ दोखु बेजम्वूमा भएको आगलागीबाट यशकुमार र देउमान गुरुङको दुई परिवार बसेको घर जलेको हो । यस्तै, फुङलिङ १० फुरुम्बू माथिल्लो फेदिका ढकबहादुर कार्कीको घरपनि जलेको प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । हिउँदयाम सुरु भएसँगै आगलागीका घटनाहरु बढेका छन् ।