झापाको व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १८ जना महिला र १९ जना पुरुष रहेका छन् ।

सबैभन्दा बढी भद्रपुर नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये ४ जना महिला र ६ जना पुरुष रहेको जनाइएको छ ।

यसैगरी, बिर्तामोड नगरपालिकाका ५ जना महिला र ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । शिवसताक्षीमा १ महिला र ३ पुरुष, कनकाई मा १ महिला र ५ पुरुष, दमकमा १ महिला र २ पुरुष, गौरादहमा २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्जुनधारा र मेचीनगर नगरपालिका तथा झापा गाउापालिकामा समान १-१ जना महिला र १-१ पुरुष, बुद्धशान्ति गाउँपालिकाका ३ जना पुरुष र पालिका नखुलेका १ महिला र ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ८६१ पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ५१५ रहेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार २३६ रहँदा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।