बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० जना महिला र २१ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका ६ जना पुरुष, बाह्रदशीका २ महिला र ३ पुरुष, बिर्तामोडका ३ महिला र १ पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भद्रपुर र कनकाई का २-२ जना पुरुष, दमकका १ महिला र १ पुरुष, कचनकवल र हल्दिबारीका १-१ जना पुरुष, अर्जुनधाराकी एक महिला र पालिका नखुलेका २ महिला र २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाभित्र झापामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । दमक २ निवासी ६७ वर्षीय पुरुषको ज्यान गएको हो ।

झापामा कुल संक्रमितको संख्या ३ हजार ९५१ रहेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ६०९ जना रहेको छ ।