दमक । झापाको दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक वडा नं २ का ६७ वर्षीय श्रेष्ठ थरका पुरुष रहेका छन् ।

उनलाई नोवेल हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान घरैमा मृत्यु भएको हो । मंसिर १२ गते उनलाई दमकको आम्दा अस्पतालमा ल्याएर उपचार थालिएको थियो । हिजो अबस्था गंभीर बनेपछि उनलाई घरमा ल्याइएको र घरैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

मृतकको शवलाई परिवार आफैँले अन्त्येष्टि गरेको उनले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा ३२ पुगेको छ ।