बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका ५९ जनामध्ये २८ जना महिला र ३१ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी हल्दिबारी गाउँपालिकाका ११ जना छन् भने बिर्तामोड नगरपालिकाका १० जना रहेका छन् । हल्दिबारीमा ६ महिला र ५ पुरुषमा संक्रमण भएको हो भने बिर्तामोडमा ७ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, भद्रपुरका ३ महिला र ४ पुरुष, दमकमा १ महिला र ४ पुरुष, गौरादहका २ महिला, २ पुरुष, कनकाईका १ महिला र ३ पुरुष, कचनकवल, बाह्रदशी र शिवसताक्षीमा समान १-१ महिला र २-२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, कमल गाउँपालिकामा ३ महिला, बुद्धशान्ति र गौरीगञ्जमा १-१ जना महिला, मेचीनगरका १ पुरुष र पालिका नखुलेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ४ हजार १० रहेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ६७१ जना छन् । यस्तै, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार २२५ रहँदा होम आइशोलेसनमा १ हजार २०९ जना छन् ।