बिर्तामोड । मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ ।

आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हो । फ्याक्ट्रीमा लागेको आगो बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीयले करिव ३ घण्टापछि नियन्त्रणमा लिएको उद्योगका संचालक राजकुमार अग्रवालले बताए ।

भर्खरमात्र नियन्त्रणमा आएको आगलागीबाट पाइन उड, मेशिनलगायत जल्दा करिव ५० लाखको क्षति भएको उनले जानकारी दिए ।