झापा । आज झापाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र झापाका १३ महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, शिवसताक्षीका एक महिला र ६ पुरुष, अर्जुनधाराका २ जना महिला र २ जना पुरुष, कमलका एक महिला र २ पुरुष, मेचीनगरका २ पुरुष तथा भद्रपुर र बुद्धशान्तिका १-१ जना पुरुष रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७४ पुगेको छ ।