काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणमुक्त हुनेको प्रतिशत ९२ दशमलवभन्दा बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ९२ दशमलव ३ प्रतिशत संक्रमणमुक्त भएका हुन्।

यस्तै, आइतबार थप १७ सय ५२ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय पाँच पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या भने १३ हजार ५ सय २२ छ। हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ९४ पुगेको छ।