बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, २४ घण्टाभित्र कोरोना संक्रमणले २ जना व्यक्तिको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु ७ जना महिला र १६ जना पुरुष छन् । दमकका १ महिला र ६ पुरुष, कमल गाउँपालिकाका १ महिला र ४ पुरुष, भद्रपुरका २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगरका १ महिला र १ पुरुष, बिर्तामोडका २ पुरुष, अर्जुनधाराकी १ महिला, बुद्धशान्ति र बाह्रदशी गाउँपालिकाका समान १-१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा झापाका दुई जना पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । जसमा शिवसताक्षी १० का ८७ वर्षीय र दमक ३ का ४१ वर्षीय पुरुषको ज्यान गएको हो ।

यो सँगै कोरोना संक्रमणबाट झापामा ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ । हालसम्म ४ हजार २३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार ९३ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।