सातौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार ग्रहण गर्दै पत्रकार गौतम ।

इलाम । सातौं ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो । गौतम कान्तिपुर दैनिकमा आवद्ध छन् ।

७२ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार गौतमलाई प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर रानाले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।