दुर्घटित सवारीसाधन र यात्रुकाे विवरण लिँदै प्रहरी ।

दमक । झापाको पाडाजुगी-गौरीगञ्ज सडकअन्तर्गत गेउरिया खण्डमा आज बिहान भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक ९ कका ५५ बर्षिय मंगल चौधरी रहेका इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । मे १ च ६४९७ को पिकअप पल्टिँदा भएको दुर्घटनामा घाईते भइ उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याइए पनि तत्कालै उनको मृत्यु भएको जनाइएको छ ।

सो दुर्घटनाका अर्का घाईते दमककै २६ बर्षिय सनिल चौधरीको थप उपचारका लागि विराटनगरतर्फ पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा नै उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाईते छन् ।

दुर्घटनाग्रस्त पिकअपका चालक दमक ६ का २० बर्षिय रोहन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिक अप भ्यानको चक्का खुस्केर आफैं दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।

अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
यसैगरी, मोटरसाइकलको ठक्करबाट झापाको अर्जुनधारा नगरपालिका ११ का ३३ वर्षीय ललित चौधरी मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएपसी राकेश थापाका अनुसार अर्जुनधारा-९ स्थित सालबारी जाने सडक किनारमा बसिररहेका चौधरीलाई बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।