अर्जुनधाराको शनिश्चरे बजारमा निर्मित आइल्याण्डमा फूलका विरुवा रोप्दै नगरप्रमुख हरिकुमार रानालगायत ।

शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । फरवार्ड युथ मुभमेन्टद्धारा शुक्रवार आयोजित कार्यक्रममा अर्जुनधाराका युवाको समुहले बृक्षारोपण तथा सरसफाई गरेका हुन् ।

समाज रुपान्तरण तथा समाजमा भएको गलत कार्यलाई न्युनीकरण गर्ने उद्देश्यले युवाहरुको समुह सक्रिय भएकाले विरुवा तथा फूल रोपिएको बताइएको छ । मुभमेन्टले समाजमा हुने गरेका विकृति विसंगति साथै समाज सुधारका सामाजिक कार्य गर्ने उद्देश्य लिएको छ ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, तरुण दलका केन्द्रिय सदस्य मदन बुढाथोकीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उर्मिला ढकालले गरेकी थिइन ।कार्यक्रममा नेकपा केन्द्रिय सदस्य भास्कर काफ्ले, अर्जुनधारा ६ नं. का अध्यक्ष लोकनाथ गौतम, ८ नं. अध्यक्ष गोपीचन्द्र गौतम, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य प्रत्युस रानालगायतको उपस्थिति थियो ।