सांकेतिक तस्वीर ।
0 Shares

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा आज २० जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रवार जिल्लाका १० वटा पालिकामा १० महिला र १० जना पुरुषसहित २० जनामा कोरोना भाइरसको संक्रमण भएको हो भने संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार दमक नगरपालिकामा २ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ३ जना संक्रमित रहेका छन् ।

यसैगरी, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा १ महिलासहित २ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालकामा १ महिलासहित २ जना र हल्दीबारी गाउँपालिकामा १ जना महिला संक्रमित रहेका छन् । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसैगरी आज मृत्यु हुनेका २ जना पुरुष छन् । जसमा मेचीनगर-१० का ७८ वर्षीय र बिर्तामोड-४ का ८१ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ४७७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३०० जना संक्रमित छन् । जिल्लामा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ ।