बिर्तामोड । झापामा आज १७ जना संक्रमित थपिएका छन् । केहिदिन यता संक्रमित भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार जिल्लाका ७ वटा पालिकामा ११ महिला र ६ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण र १ जनाको मृत्यु भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ जना महिला, गौरादह नगरपालिकामा २ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, गौरीगञ्ज बाह्रदशी गाउँपालिकामा १ जना पुरुष र कमल गाउँपालकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसैगरी आज मृत्यु हुनेका १ जना महिला छन् । जसमा गौरादह-५ का ५५ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ५२७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३१७ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ७०३ र होम आइसोलेसनमा ६९२ र हालसम्म निको भएर घर फर्किएकाको संख्या ३ हजार ४९१ जना रहेको छ ।