झिलझिले । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति घाँटी रेटिएको घाइते अबस्थामा फेला परेका छन् । शिवसताक्षी वडा नं ११ का ७२ वर्षिय धनबहादुर राई घाँटी रेटिएको अबस्थामा घाइते फेला परेका हुन् ।

इलामको महमाईसँग सिमाना जोडिएको जंगलमा आज दिउँसो १ बजेतिर उनलाई फेला पारिएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको छ । उनलाई कसले हतियार प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।