सांकेतिक तस्वीर ।

बिर्तामोड । पछिल्लोपटक झापामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न कम गरिएपछि संक्रमितको संख्या पनि घट्दै गएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा झापाका १२ जनामा कोरोा भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लोपटक संक्रमित हुनेहरुमध्ये ७ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । संक्रमितहरु मेचीनगर र भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिकाका १-१ महिलासहित २-२ जना हुन् ।

यसैगरी, बुद्धशान्ति गाउँपालिकाका २ जना पुरुष, कनकाई र गौरादह नगरपालिकाका १-१ जना पुरुष, बिर्तामोड र शिवसताक्षीकी १-१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ४ हजार ३५१ पुगेको छ । हालसम्म झापाका ३४ हजार ६५७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिसकिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आजसम्म ३ हजार ६८३ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या ५४५ हुँदा होम आइशोलेसनमा ५४० जना रहेका छन् । कोरोना संक्रमणकै कारण झापाका १२३ जनाले ज्यान गुमाएका छन् ।