बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका एक व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यसैगरी, थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का ८७ वर्षीय पुरुषको ज्यान गएको हो । केही समयअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा १३ महिला र ८ पुरूष रहेका छन् ।

यसैगरी, आज झापाका ७ वटा पालिकाका २१ जनामा संक्रमण भएको छ । बिर्तामोडका ८ जनासहित २१ जनामा संक्रमण पुष्टि भएको हो । बिर्तामोडका ७ महिलासहित ८ जना र दमकका २ जना महिला तथा २ जना पुरुषमा पनि संक्रमण भएको छ ।

यस्तै, शिवसताक्षीका १ महिला र १ पुरुष, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकाका १-१ जना पुरुष, मेचीनगर, कनकाई र कचनकवलकी १-१ जना महिलामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै झापामा ३४ हजार ८५५ जनाको स्वाब संकलन गरिँदा ४ हजार ४२४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा कोरोना जितेर घर फर्किनेको संख्या ३ हजार ९ सय पुगेको छ ।

यसैगरी, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या ३९६ र होम आइशोलेसनमा ३८९ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण झापाका १२८ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।