बिर्तामोड । बिर्तामोड २ मा आगोले जलेर हिजो (सोमबार) साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चमबारी टोल बस्ने ४१ वर्षिया गनिता राजवंशी रहेकी छन् ।

जानकी इँट्टाभट्टामा डेरा गरी बस्ने बनारसी सहनीकी श्रीमती गनिता ताप्दै गरेको आगोमा लडेकी थिइन् । आफूले बालेको आगोमा लडेर कपडामा आगो सल्किएर उनको घटनास्थलमै मृत्यु भएको बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए ।

गनिता लामो समयदेखि छारे रोगले ग्रसित थिइन् । रोगले च्यापेपछि उनी आगोमाथि लडेकी थिइन् । साँझ ६ बजेतिर घरमा कोही नभएको बेला सो घटना भएको वडाध्यक्ष संग्रौलाले बताए ।