बिर्तामोड । बिर्तामोडलगायतका क्षेत्रमा भोलि दिनभरि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । निर्माणाधिन बिर्तामोड–भद्रपुर रोडमा परेका बिजुली अफिस अगाडिपट्टिका पोलहरु सारिने भएपछि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

विजुली अफिसअगाडि ७ वटा पोल सार्न बाँकी रहेको छ । ती पोल सार्नका लागि भोलि विहान ७ बजेदेखि बेलुका ५ वजेसम्म विजुली काटिने नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख विरेन्द्रकुमार झाले बताए ।

उनका अनुसार अनारमनी वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण बिर्ताबजार क्षेत्र, सैनिकमोड आसपास, सैनिक बजार, गरामनी चोक दक्षिण, गोलधाप, पंचकन्या क्षेत्र, चारआलीको सबै क्षेत्र, बिर्तामोडको पूर्वपश्चिम सबै बजार क्षेत्र, माता मन्दिर, महानन्द चोक क्षेत्र सबै र पूर्व बस स्टेन्डको सबै क्षेत्रमा विद्युत नहुने भएको हो ।

गरामनी, बिर्ताबजार, चारआली र धुलाबारी फिडरको लाइन काटिने कार्यालय प्रमुख झाले जानकारी दिए । बिहान ७ देखि बेलुका ५ सम्म विद्युत आपूर्ति अवरुद्ध हुने भनिए पनि बिजुलीको पोल गाढ्ने र तार तान्ने कामलाई हेरेर एक घण्टा अघि वा पछि पनि हुनसक्ने वितरण केन्द्रले जनाएको छ ।