ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

फुङलिङ नगरपालिका-११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट सल्किएको आगो वन क्षेत्रमा फैलिरहेको छ । हिजो दिनभर स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरीको टोली आगलागी नियन्त्रणमा खटिएको थियो ।

तर वन क्षेत्रमा लागेको भीषण डढेलो मानवीय प्रयासबाट नियन्त्रणमा आएको छैन । यो क्षेत्र मूख्य गरि रेडपाण्डाको बासस्थानका रुपमा परिचित छ ।

डढेलोले बहुमूल्य जडीबुटी तथा विभिन्न प्रजातीका वनस्पती नष्ट भएका छन् । बन्यजन्तुको बासस्थानमा समेत असर पुगेको छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।

खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीय समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको पाइप झण्डै ४ सय मिटर जलेर नष्ट भएको छ ।