0 Shares

खुदुनाबारी । साविक खुदुनाबारी गाविसका ४ वटा वडा सम्मिलित अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मा किरात राई यायोक्खाको वडा समिति निर्माण गरिएको छ ।

करिब १२५ घरधुरी राई जातिको बसोबास रहेको यस वडामा साविक खुदुनाबारी ६, ७, ८ र ९ नम्बर वडालाई गाभेर अर्जुनधारा ३ नम्बर वडा बनाइएको थियो । सोही वडामा शनिबार युवा सुबास चाम्लिङ राईको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरिएको हो ।

यायोक्खा अर्जुनधाराका सल्लाहकार भरतसिंह राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट उपाध्यक्षमा सुमन्ता साम्पाङ राई, सचिवमा निर्मला बान्तवा राई, सहसचिवमा सुसिला साम्पाङ राई र कोषाध्यक्षमा मिना बान्तवा राई चयन भएका छन् ।

यस्तै, माया चाम्लिङ राई, सविन याम्फु राई, मनोज बान्तवा राई, दिलिप साम्पाङ राई, ध्रुव खालिङ राई, तेजमाया मुकारुङ राई, श्यामबहादुर माङपाङ राई र तेजबहादुर बान्तवा राई वडा समितिको सदस्यमा रहेका छन् ।

सोही समितिको सल्लाहकारमा खड्गबहादुर बोखिम राई, झलक याम्फु राई, सरस्वती मुकारुङ राई, शिव चाम्लिङ राई र पर्शुराम मेवाहाङ राई रहेका छन् ।

सल्लाहकार झलक याम्फु राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भरतसिंह राई, अर्जुनधारा यायोक्खाका उपाध्यक्ष क्या. शिवकुमार राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपिन राईले सपथ खुवाएका थिए ।