0 Shares

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले नगरमा रहेका विपन्न वर्गका नागरिकलाई न्यानो कपडा आइतबार वितरण गरेको छ ।

समाजले नगरभित्र रहेका ११ वडाका ५५ जनालाई न्यानो कपडास्वरुप ब्ल्यांकेट वितरण गरेको हो । प्रत्येक वडाका ५ जना र थप तीन व्यक्तिलाई शनिश्चरेस्थित देवकोटा चौकमा एक कार्यक्रम आयोजना गरी न्यानो कपडा वितरण गरेको थियो ।

अर्जुनधारा ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका अगुवाहरुको हातबाट न्यानो कपडा वितरण गरियो । समाजका अनुसार नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणमा ९५ हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रम समाजका अध्यक्ष रामप्रसाद भट्टराइकाे अध्यक्षतामा भएकाे थियाे ।