वीरता जेसीजका नवनिर्वाचित राजीवको साथमा प्रत्यासी दिवाकरलाल चौधरी ।

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजको बर्ष २०२१ को लागि राजिव धिमाल अध्यक्षमा निर्वाचित भएका छन् । वीरता जेसीजको ४०औं अधिवेशनबाट घिमाल सर्वसम्वत निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि धिमालसहित घनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काको उम्मेदवारी रहेको थियो । अन्य ६ जना उम्मेदवारले सहमति, सहकार्य र एकताको संदेश प्रभाव गर्दै जेसीज सदस्यलाई एक ढिक्का बनाएर अघि बढन सहजता होस् भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि धिमाल अध्यक्षमा निर्विरोध भएका हुन् ।

अन्य पदाधिकारीहरुको हकमा पनि निर्विरोध चयन भएको छ । जसमा कानुनी सल्लाहकारमा प्रविण खड्का, सहसचिव टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरद्वीप साह, सुरज चौधरी रहेका छन् । जनसम्पर्क अधिकारी अनन्तलाल महतो, प्रकण निर्देशक कमल श्रेष्ठ, तालिम संयोजक प्रभात मास्के सर्वसम्वत निर्वाचित भएको निर्वाचन निर्देशक निर्वमान अध्यक्ष विशाल थापाले जानकारी दिए ।

जेसीजका विभिन्न पदका लागि पदाधिकारीहरु चयन भए पनि कार्यकारी उपाध्यक्षमा सर्वसम्वत हुन सकेको छैन । उक्त पदका लागि २ जना चयन हुनुपर्नेमा अहिले कुशल खतिवडा, विकास बस्नेत र अशोक चौधरीको उम्मेदवारी रहेको छ भने सो पदका लागि पनि सहमतको प्रयास भईरहेको थापाले बताए ।

महासचिव र कोषाध्यक्षको पदमा नवनिर्वाचित अध्यक्षले पदाधिकारी चयन गर्न पाउने प्रावधान भएकाले पद हस्तान्तरण समारोहमा उक्त पदका लागि मनोनित नाम सार्वजनिक गरिने बताईएको छ ।