काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरु साइनोमा आमा-छोरा रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट श्री एयरलान्सको उडानबाट झापा जान लागेका मेचीनगरकी मुनादेवी राई उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ । उडानपूर्व चेक जाँच गर्ने क्रमममा उनीहरुको झोलामा ५० थान गोली फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।
उनीहरूबाट बरामद भएको गोली ९ एमएमको पेस्तोलमा लाग्ने गोली भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । पक्राउ परेका आमा-छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेको खुलेको छ । बद्रीहाङ राईका बुबा पूर्वप्रहरी रहेको खुलेको छ ।