शिवसताक्षी । मंगलबार दिउँसो शिवसताक्षीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । दिउँसो २ः५० बजे शिवसताक्षी २ हिमाली चोक बस्ने बिष्णु कार्कीका ११ वर्षिय छोरा विवेकको घरदेखि ५ सय मिटर उत्तर रहेको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पानीमा डुबेको आफन्तले देखेपछि उद्धार गरेर उनलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, झापामा खोला तर्ने क्रममा हिजो ७२ वर्षीया महिलाको डुवेर मृत्यु भएको छ । हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ वर्षीया हरिमाया बेघाको भुतेनी खोलामा डुबेर मृत्यु भएको हो । सोमबार राति खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।