इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-२ स्थित दमक-रवि सडक खण्डको भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रवि-दमक सडक खण्डमा रविबाट काठको गोलिया बोकेर दमक तर्फ जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका बस्ने ३५ वर्षीय किरण राईको मृत्यु भएको हो।

ट्रक सडकबाट अनियन्त्रित भई बाटोबाट करिब २ सय मिटर तल खस्दा घाइते भएका राईको उपचारको लागि दमकतर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

शवलाई दमक अस्पतालको शव गृहमा राखिएको छ। चालक ताप्लेजुङ मेले गाउँपालिका-१ बस्ने २० वर्षीय प्रमोद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।