अर्जुनधारा । सन् २०२१ का लागि अर्जुनधारा जेसीज शनिश्चरेको अध्यक्षमा युवा व्यवसायी जीवनकुमार खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार राति अबेर सम्पन्न नवौं वार्षिक साधारणसभाबाट वर्ष २०२१ का अर्जुनधारा जेसीजको नेतृत्व चयन भएको हो । यसअघि कानुनी सल्लाहकार रहेका नवनिर्वाचित अध्यक्ष खनाललाई सभाको बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी जेसीजको कार्यकारिणी उपाध्यक्षद्वयमा भीमबहादुर कुँवर ‘राजु’ र बसन्त बुढाथोकी, चार जना उपाध्यक्षहरुमा बरुणकुमार माझी, बालगोपाल गौतम, वेदनारायण गोदार थापा र सोना गेलाल चयन भएका छन् ।

त्यस्तै निर्वाचित अध्यक्ष खनालले कार्यसमितिलाई पूर्णता दिँदै विभिन्न पदका लागि पदाधिकारीहरु मनोनयन गरेको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए । मनोनित हुनेहरुमा कानुनी सल्लाहकारमा रुद्रप्रसाद नेपाल ‘रमेश’, महासचिवमा प्रेमकुमार खड्का, कोषाध्यक्ष भवानी बराल, सचिव दिपेश पनेरु, जनसम्पर्क अधिकारी बिमला भट्टराई र सह–कोषाध्यक्ष निशा तामाङ रहेका छन् ।

जेसीज वर्ष २०२० का अध्यक्ष भाष्कर भट्टराईको अध्यक्षता र अर्जुनधारा १० नम्बर वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष राजन साम्पाङले गरेका थिए ।

कार्यक्रम संयोजक दिपेश पनेरुको संयोजकत्वमा आयोजित कार्यक्रममा जेसीज वर्ष २०१५ का अध्यक्ष दिपीन राई, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतामणी खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव बसन्त बुढाथोकीले गरेका थिए ।