अर्जुनधारा । किरात समुदायको नयाँ वर्ष यलम्बर सम्वत् ५०८१ र माघे संक्रान्तिको अवसरमा अर्जुनधारा–३ स्थित किरात राई यायोक्खा वडा समितिको आयोजनामा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटकीय स्थल स्थानीय फाल्गुनन्द शान्ति वन वाटिकामा रहेको माङखिममा समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए । अर्जुनधारा-१ का वडा सचिव खगेन्द्र लिङदेन, किरात राई यायोक्खा नगर समितिका सल्लाहकार भरतसिंह दुमी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ का इञ्चार्ज दिपीन राई, किरात याक्थुम चुम्लुङकी पूर्व केन्द्रीय सदस्य मीना पन्धाकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार झलक याम्फू राईले गरेका थिए ।

यसैगरी, किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले पनि एक कार्यक्रम आयोजना गरी यलम्बर सम्वत् तथा माघे संक्रान्ति मनाएको छ । अर्जुनधारा ९ स्थित यायोक्खा भवनमा कार्यक्रम आयोजना गरिएको थियो ।