अर्जुनधारा । सशस्त्र प्रहरी बल नेपालले अपाङ्ता भएका बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ ।

आज झापाको अर्जुनधारा नगरपालिका ६ कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १० जना अपाङ्गता भएका बालबालिकालाई २०औँ सशस्त्र प्रहरी दिवशको अवसरमा २ नं. गण हेडक्वाटर झापाको तर्फबाट खाद्यान्न र न्यानो कपडा वितरण गरिएको हो ।

एक अनौपचारिक कार्यक्रममा २ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले १ महिनाको लागि पुग्ने चामल, दाल, मुरही, साबुन र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा ब्लाङ्केट १० थान बितरण गरेका हुन् ।