काँकरभिट्टा । प्रहरीले झापाबाट एक युवालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। २० ग्राम ब्राउनसुगरसहित कमल गाउँपालिका ६ का २० वर्षीय नवराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो। दिउँसो करिब साढे ३ बजे भट्टराई भारतबाट आउँदै थिए। प्रहरीले पक्राउ गरी चेकजाँच गर्दा उनको गुप्ताङ्गमा ब्राउनसुगर फेला परेको थियो।

भट्टराईलाई लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।