अर्जुनधारा । अस्थायी ट्राफिक पोस्ट शनिश्चरेको पहलमा अर्जुनधारा नगरपालिकाका ६ स्थानमा ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड शुक्रबार राखिएको छ ।

अर्जुनधारा ७ को शंकर हस्पिटलको सहयोगमा नगरका विभिन्न स्थानमा सचेतनामुलक बोर्ड राखिएको हो । अर्जुनधाराको मुख्य बजार शनिश्चरे, रात्रि बस काउन्टर, तुतबारी, कदमगाछी र अर्जुनधारा ३ खुदुनाबारीस्थित गरुवा चोक र जनता मावि नजिकमा सचेतनामुलक बोर्ड राखिएको ट्राफिक प्रहरी पोस्टका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक गोकुल आचार्यले जानकारी दिए ।

उनका अनुसार मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ, सवारी साधन चलाउँदा मोबाइलको प्रयेग नगरौँ, ट्राफिक नियमको पालना गरौँ, हर्न निषेधित क्षेत्रजस्ता सार्वजनिक सरोकारका विषय समेटिएको बोर्ड राखिएको हो ।

यस क्षेत्रमा सवारी साधनको दुर्घटना हुने नगरे पनि सडकको अवस्थाका कारण सम्भावित दुर्घटना हुन नदिन र ट्राफिक नियमलाई निशर्त लागु गर्न यस्तो अभियान चलाइएको ट्राप्रनि आचार्यले बताए ।