बिर्तामोड । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारी क्षेत्रमा सस्तो मूल्यमा ल्यापटप बिक्री गर्न खोज्दै हिँडो २ व्यक्ति प्रहरीको फन्दा परेका छन् ।

एसेर र एचपी कम्पनीको दुई थान ल्यापटप सस्तो मूल्यमा बिक्री गर्न हिँडिरहेको सूचनाको आधारमा बिर्तामोड प्रहरीले दमक निवासी दुई व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक ७ बस्ने अजय मल्लिक र सोही ठाउँका देव परियार पक्राउ परेका हुन् ।

सस्तो मूल्यमा दुई थान ल्याटप बिक्री गर्न खोजेका व्यक्तिलाई पक्राउपछि अनुसन्धान गर्दा दमक क्षेत्रबाट चोरी गरी बिर्तामोड क्षेत्रमा बिक्री गर्न ल्याएको खुल्न आएको प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धान र कार्बाहीका लागि जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।