झापा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार राईले मोडल ज्याङ्मु शेर्पासँग बिहे गरेका हुन् ।

मुख्य राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए । वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो ।

४९ वर्षीय राईले आफूभन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।