भद्रपुर । ब्राउनसुगरसहित बिर्तामोडमा एकजना पक्राउ परेका छन् । आज दिउँसो १ बजे बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भद्रपुर रोडमा बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गाँउपालिका वडा नं. ५ शरणामती बस्ने ३० वर्षिय मिलन राजवंशी रहेका छन् । उनले शरीरको विभिन्न भागमा लुकाई ल्याउँदै गरेको १२ ग्राम ब्राउनसुगर बरामद गरिएको थियो ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।