0 Shares

बिर्तामोड । झापाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ र फेनारगन १८ गरी ५४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि जिल्ला अदालत झापाबाट अनुमति लिई म्याद थप गरी कानुनी कार्वाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।