बिर्तामोड । पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं ६ बस्ने २५ वर्षिय सफिक आलम रहेका छन् । सोमबार दिउँसो ३ः३० बजे बिर्तामोडको पुरानो भद्रपुर रोड छेउमा पार्किङ गरी राखेको मे. १० प २६७६ नम्बरको मोटरसाईकल हराएपछि गाडीधनी बिर्तामोड २ बस्ने होमनाथ शिवाकोटीले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।
तत्काल ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आलमलाई चोरी गरेको मोटरसाईकलसहित फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।